नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

Share:

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज ९सोमबार० समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम बंगलादेश यु–२३ विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

बंगलादेशमा जारी खेलमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।

यसअघि समूहका २ खेलमा नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ।

नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको थियो। नेपाल आफ्नो पहिलो खेलमा भारत यु(२३ टिमसँग पराजित भएको थियो।
सोमबार बंगलादेशलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ।

कमेन्ट गर्नुहोस्
Share: