
पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा ६ बैदामको अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
पोखरामा भएको दशौँ साधारणसभा तथा पाँचौं अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा जुना अधिकारी, सचिवमा भिष्मा नेपाली, कोषाध्यक्षमा हरिराज कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कोपीला सापकोटा, पवित्रा कँडेल, मैया कँडेल, दुर्गा प्रसाद तिमिल्सेना, रामजी प्रसाद पहारी, हरि प्रसाद पहारी चयन भएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन भागवत बाचक पण्डित ठाकुरा प्रसाद पराजुलीले गरेका थिऐ । उनले मानवसेवामा परोपकारी हिसावले लाग्न सबैलाई अनुरोध गरेका थिए ।
महासंघ बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव जुना अधिकारीले गरेका थिए।
