आज माथिल्लो त्रिशुली थ्री ‘ए’को उद्घाटन हुने

Share:

काठमाडौं– ६० मेघावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ विद्युत परियोजना सोमबार(आज) औपचारिक उद्घाटन हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाबाट हिउँदका तीन महिना ४५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: