प्रचण्डको सचिवालयद्वारा मन्त्रिमण्डल हेरफेरबारे समाचारको भत्सर्ना (विज्ञप्ति सहित)

Share:

पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नीजि सचिवालयले मन्त्रिमण्डल हेरफेरबारे विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक समाचारको खण्डन गरेको छ।

सार्वजनिक भएका समाचारहरु अनर्गल र भ्रामक रहको भन्दै सचिवालयले भत्सर्ना समेत गरेको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ।’

प्रचण्डको सचिवलायल मन्त्रिमण्डले फेरबदरमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारभित्र पर्ने प्रष्ट्याएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ। पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।’

यस्तो छ विज्ञप्ति:

कमेन्ट गर्नुहोस्
Share: