मालागिरीको माया धर्मराजलाई

Share:

पोखरा । मंसिर १४ नजिकिदै गर्दा उम्मेदवारहरुलाई भ्याई नभ्याई छ। समाजवादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तिब्र गराएका छन् । उमेरले ७१ भए पनि १७ वर्षे उमेरका झै फुर्ति गुरुङमा छ। थकानको कतै महसुस भएको देखिदैन भुपू सैनिक भएकाले पनि होला उनको शारिरीक तन्दुरुस्ती उस्तै । दिनमा करिब २५ किमी घरदैलो भ्याउछन् । ४,५ गाँउ वा टोलहरुमा मन्तव्य व्यक्त गर्नु दैनिकी जस्तै देखिन्छ।

मंगलवार पोखरा ३३ को कालिकास्थान, पानीट्यांकीचोक, तोरिचौर,पुरानोबसपार्क बेतिनी, खैरेनी, तिक्लाङ, लामगादी, उपल्लो पुडी, तल्लो पुडी, भञ्ज्याङ, चिलाउनेखर्क हुदै मालागिरीमा पुगेका छन् । मतदाता भेटघाटका साथै ठाँउ ठाँउमा चुनावी सभा गर्दै आफ्नो उम्मेदवारी किन प्रष्ट पार्दै हात चिन्हमा मतदानका लागि आग्रह गर्दै अभियान अघि बढाएका हुन् ।

वडा नं.३३ को गुरुङ गाउँ मालागिरीमा पुग्दा उम्ेदवार धर्मराज गुरुङलाई आमा समुहदेखि गाँउवासीले अबिर, माला, खादाले स्वागत सम्मान, स्वागतमात्रै कहाँ होर साँस्कृतिक कार्यक्रमले थप आत्मीयता तथा हार्दिकता प्रस्तुत भईरहेको थियो । स्वागत सम्मान मात्रै होइन, मतदानका लागि सबै जुटेको समेत आभाष हुन्थ्यो । त्यो हार्दिकता र गाँउबासीको मुस्कुराहटले त्यही प्रस्तुत गरिरहेको थियो।

स्वागतसँगै स्थानिय समाजसेवी गंगाबहादुर गुरुङले राजनितिक स्वार्थका कारण भनौ या समय र परिस्थिती पार्टीहरु फुट्ने र जुट्ने भईरहदा जनताले दुख पाईरहेको बताए । विगतमा जे जसो भए पनि मिठो र चाप्लुसी कुरामा मालागिरीको जनता अलमलमा नपर्ने बताउदै आदिवासी जनजातीको मुक्तिको लागि, आफ्नो अस्तित्व स्थापितको लागि एकिकृत भएको समाजवादी पार्टीको लहरले हामिलाइ खुसी लागेको उनको भनाई थियो । विगतदेखि विभेदमा पारिएकोहरुको मुक्तिका लागि इमान्दार उम्मेदवार मालागिरीमा आगमनले यहाँलाई बिजय गराउन हामी मालागिरी जनताको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समानता समावेशीताको एजेन्डा ब्यबहारिक रुपमा लागू गर्र्नका लागि अबको भोट समाजवादी लाई मतदान गर्ने उनको उद्घोष थियो ।

उम्मेदवार गुरुङले न्याय, समनता, मुलुकको समृद्धिका लागि इमान्दारीपूर्वक जनताको सेवा गर्नका लागि आफु उम्मेदवार बनेको बताए । जनप्रतिनीधि र नेताहरु मुलुक लुट्ने नियत मात्रै लागेको महसुस भई अब राम्रो राजनीतिको शुरुवात गर्नुपर्दछ, राजनीतिको परिभाषा नै बदल्नका लागि आफु जुटेको उनको भनाई थियो।

मालागिरी टोल विकास सस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजवादी पार्टीको केन्द्रिय सदस्य हेमबहादुर थापाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: