
६ मंसिर, इटहरी ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित चढेको गाडी इटहरीमा दुर्घटनामा परेको छ ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका मन्त्री पण्डित सवार जीपलाई इटहरीको साथी पेट्रोलपम्प नजिक शनिबार बिहान पिकअप भ्यानले पछाडिबाट ठक्कर दिएको हो ।
ठक्करबाट मन्त्री पण्डितलाई केही नभए पनि उनका स्वकीय सचिव ओसिम आलम घाइते भएका छन् । घाइते आलमको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । मन्त्री पण्डितले स्वकीय सचिवको तिघ्रा, टाउको र कुममा चोट लागेको जानकारी दिए ।
प्रहरीले ठक्कर दिने विराटनगरको आँंखा अस्पतालको भ्यान र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।
कमेन्ट गर्नुहोस्
