
काठमाडौँ – मन्त्रिपरिषद पुनर्गठन पश्चात नेकपा नेता तथा पूर्वमन्त्री प्रभु शाहले आफु लज्जित भएको बताएका छन्। उनले मन्त्रीहरु नियुक्त या पदमुक्त गर्दा सामान्य कम्युष्टि मूल्य–मान्यता पनि लागु नभएको भन्दै आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्य सम्पादनको आधारमा मन्त्रीपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिष्ट मूल्य–मान्यता पनि लागु भएको देखिएन ।’
उनले अघि लेखेका छन्, ‘योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौँ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रीपरिषदमा केही हेरफेर गरेकी थिइन् ।
