
काठमाडौं– निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै देश र जनताका लागि काम गरेको प्रतिक्रिया दिएका छन् ।
विष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,’जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !”
कमेन्ट गर्नुहोस्
