बिषालु घाँस खाएर २० भेडा मरे

1226
0
Share:

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा बिषालु घाँस खाएर किसानका २० वटा भेडा मरेका छन्। स्थानिय कालीबहादुर बुढाका भेडा जंगलमा चराउन लगिएका बेला जंगलामा पाइने आरे नामक बिषालु डाले घाँस खाएर मरेका हुन्।

मंगलबार रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने माहदेव राराताल नजिकैको वनमा चरीरहेका भेडाले बिषालु घाँस खाएलगत्तै धमाधम मरेका थिए ।

वनमा ७० वटा भेडा चराउन लगिएकामा २० वटा भेडा मरेका हुन्। आरे खाएको थाहा पाएपछि अन्य भेडालाई भने घरेलु औषधि खुवाइ उपचार गरेर बचाइएको थियो। भेडा पालक किसान बुढाको तीन लाख बराबरको क्षति भएको छ।

कमेन्ट गर्नुहोस्
Share: