
पोखरा– राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन गर्ने भएकी छन् ।
आउँदो मंसिर १५ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ ।
उद्घाटन समारोह तीन घण्टा २४ मिनेट चल्ने र उद्घाटनमा कला–संस्कृति झल्किने गरी १५ हजार जनाको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।
कमेन्ट गर्नुहोस्
