
पोखरा । सामाजिक भावना भएका युवतीहरुको फेसबुक समूह सिस्टर हुड नेपालले ग्रुप स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा बाल आश्रममा सहयोग गरेको छ ।
समूहले पोखरा १६ लामाचौर स्थित ओम शिवशक्ति कल्याणी केन्द्र (बाल आश्रम) मा रहेका बालबालिकालाई शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको हो । आश्रममा १० जना बालबालिका आश्रित छन् ।
कार्यक्रमका विशिष्ट अतिथि आश्रमकै सञ्चालक कुमारी भवानी थापाले सहयोगप्रति आभार व्यक्त गरिन् । उनले सहयोगी मनहरुको प्रशंसा गर्दै बालबालिकाको आवश्यकता परिपूर्तिका लागि यस्तो सहयोगको आवश्यक रहेको पनि बताईन् । सुष्मा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गंगा थापा, सबिना थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनिता सोतीले स्वागत तथा ज्ञानु बस्नेतले सञ्चालन गरिन् । वार्षिकोत्सवको अवसरमा बालबालिकाकै बीच केक समेत काटेर रमाईलो गरिएको थियो ।



