
पोखरा । बुल्स जिम विरौटाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ । युवाहरुको पहलमा बुल्स जिमले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको बुल्स जिमका अध्यक्ष पुर्ण श्रेष्ठले जानकारी दिए ।
वडा नं. १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
युवाहरुले सामाजिक काम गरेको देख्दा निकै खुसि लागेको उनले बताए । रक्तदान गर्दा स्वस्थ रहनुका साथै रगतको अभावले कोहिको पनि मृत्यु नहुने उनको भनाइ थियो। जिमका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिलबहादुर गुरुङले गरेका थिए ।
कमेन्ट गर्नुहोस्
