८ महिनामा विप्लव समूहका एघार सय नेता कार्यकर्ता पक्राउ

376
0
Share:

काठमाडौं । धमाधम पक्राउ पर्न थालेपछि विप्लव समूहका कतिपय नेता–कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार ०७५ साल फागुन २८ गते प्रतिबन्ध लागेपछिको ८ महिनामा केन्द्रदेखि जिल्ला स्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले पार्टीका महासचिव चन्दसहित ५ सय १९ जनाको नाम फरार सूचीमा राखेको छ । हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता कार्यकर्ता्विरुद्ध देशभरका अदालतमा १ हजार ८८ वटा मुद्दा दर्ता छन् ।

पक्राउ परेका मध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

८ सय ३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ । १ सय ३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुन्धानको क्रममा प्रहरी हिरासतमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: