पोखरा-३३ का वडाध्यक्षको घरमा बम विस्फोट, गाडीमा क्षति

Share:

पोखरा । पोखरामा वडाअध्यक्षको घरमा बम विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव प्रसाद आचार्यको घरमा सोमबार बिहानै बम विस्फोट भएको हो ।

बम विस्फोट हुँदा पोखरा महानगरपालिका-१७ आँखा हस्पिटल नजिकै रहेको उनको घरमा पार्किङमा राखिएको ग २ च ४२६ नम्बरको गाडीमा क्षति पुगेको छ । सो विस्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ ।

सोमबार बिहान २ बजेर १० मिनट जाँदा ठूलो आवाज आउने गरी विस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए।

तस्बिर-भाइराज रानाको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
Share: