देशभर चिसो बढ्यो, तीन दिन हिमपातको सम्भावना

725
0
Share:

काठमाण्डौ । केही दिन यता देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको हो।

आज दिउँसो पनि देशका मध्य र पूर्वी क्षेत्रमा सामान्य तथा पश्चिमी भूभागमा मौसम आंशिक बदली रहनेछ। साथै पूर्वी तथा मध्य हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राति पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी भूभागमा आंशिक बदली रहनेछ। साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबारसम्मको मौसम पूर्वानुमान

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंसिक बदली रहनेछ। हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

कमेन्ट गर्नुहोस्
Share: