भारतले साग पुरुष फुटबलमा सहभागीता नजनाउने

Share:

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ ।

अब सागमा ५ टोलीमात्रै सहभागी हुनेछन् । सागका लागि गएको शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ड्र’ गरिसकेको थियो ।

जसमा समूह ए मा नेपाल बंगलादेश र भुटान थिए भने समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका परेका थिए । सागका लागि फेरि पुरुष फुटबलतर्फ पुन टाई सिट ‘ड्र’ हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: