सागमा क्रिकेट सहित विभिन्न चार खेलको टिकट शुल्क निर्धारण

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि क्रिकेट सहित विभिन्न चार खेलको टिकट निर्धारण भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्रिकेट, भलिबल, बास्केटबल र फुटबलका लागि टिकट निर्धारण गरेको हो ।

क्रिकेटको टिकट मुल्य २ सय देखि ५ सयसम्म पर्नेछ । समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मुल्य राख्ने तयारी गरिएको राखेपले जनाएको छ ।

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मुल्य निर्धारण गरिएको छ । यस्तै, भलिबल र बास्केटबलको टिकट मुल्य ५ सय राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: