
काठमाडौं, मंसिर ८ । अमेरिकाको क्लेभेल्याण्ड सहरको एक खेल मैदानमा नक्कली बन्दुक लिएका बालक तामिर राइस प्रहरीको गोली प्रहारबाट मारिएका छन् ।
१२ वर्षीय राइसले ‘हात माथि गर्न’ दिइएको आदेश नमानेपछि प्रहरीले गोली हानेको बताइएको छ । एकजना व्यक्तिले खेल मैदानमा एक बालकले बन्दुक लिएर मानिसलाई आतंकित पारेको सूचना गरेको थियो । तर, फोनगर्ने व्यक्तिले बन्दुक असली थियो या नक्कली भन्नेबारे नखुलाएको जनाइएको छ ।
प्रहरीले राइसलाई दुई गोली हानेका थिए । उपचारका क्रममा राइसको अस्पतालनमा निधन भएको थियो । घटनाबारे अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
