
पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमा कुल २ हजार ९ सय १० खेलाडीले सहभागिता जनाउने भएका छन् । ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन्।
राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २ हजार ९ सय १० खेलाडीको सहभागिता रहने जनाएको छ ।प्याराग्लाइडिङ नहुने भएपछि सागमा २६ खेल हुनेछन ।
अघिल्लाे संस्करणकाे सागमा भन्दा यसपटक खेलाडीकाे संख्या बढेकाे हाे । भारतमा भएकाे सागमा २ हजार ६ सय ७२ खेलाडीकाे सहभागिता रहेकाे थियाे ।
सागमा आयोजक नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् ।
साग मंसिर १५ बाट २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।
