१३ औं साग: महिला भलिबलमा नेपालको विजयी सुरुवात, बंगलादेश पराजित

Share:

पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

सागमा स्वर्ण जित्ने लक्ष्य राखेको नेपाली महिला टिमले आफु भन्दा तुलनात्मक रुपमा कमजोर बंगलादेशलाई पराजित गरेको हो। सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ ।

नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत समेत स्वर्णको दाबेदार हो । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे शुरु हुनेछ ।

पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।

कमेन्ट गर्नुहोस्
Share: