
पोखरा । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसमा स्वास्थ्य समस्या देखा पर्ने क्रम बढ्दै गएको छ । अस्पताल पुगेर चिकित्सकलाई भेट्दा पनि व्यायाम गर्न सुझाव दिन्छन् ।
अहिले स्वस्थ रहन विभिन्न विधि प्रयोग गरेको पाइन्छ । व्यायामशाला जानेको आकर्षण पनि बढ्दै गएको छ । स्वस्थ रहन, शरीर आकर्षक बनाउन र मोटोपन घटाउन जिम जानेहरुको संख्या बढेको हो ।
शरीर स्वस्थ रहन्छ भन्ने विश्वासले पनि आजभोलि जिमखानाप्रति आकर्षण बढेको फिटनेस प्रशिक्षक केशव उदास बताउँछन् ।
अडियो सुन्नुहोस::
जानकारवालाकाअनुुसार हप्तामा सात दिन नै जिम गर्नुपर्छ भन्ने हँदैन । तीनदेखि चार दिन जिम गरेपछि एक दिन आराम गर्नु उचित हुन्छ । जिम गर्दा भोकै बस्नु पर्दैन तर निद्रा भने राम्रोसँग पु¥याउनुपर्छ ।
दिनमा ८ देखि ९ घन्टा सुत्नुपर्छ र सन्तुलित खाना खानुपर्छ। विश्वस्तरीय बडीबिल्डिङ अन्तर्गत नेपाललाई स्वर्ण पदक दिलाउने शारीरिक सुगठनका खेलाडी महेश महर्जन दिनको एक घण्टा व्यायाम गर्न सुझाव दिन्छन् ।
दुई दशकभन्दा बढी शारीरिक सुगठनमा सक्रिय रहेका महर्जनका अनुसार समयको परिवर्तनसँगै जिम प्रतिको धारणा पनि परिवर्तन हँदै गएको छ ।
तस्बिर-फोटोमण्डल
