
काठमाडौं, मंसिर ९
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क मन्त्रिपरिषद्को ३६ औंँ बैठक आज काठमाडौंमा हुँदैछ । सार्क बडापत्रअनुसार शिखर सम्मेलनको अघिल्लो दिन सदस्य देशका परराष्ट्रमन्त्री सम्मिलित मन्त्रिपरिषद् बैठक गर्ने प्रावधान छ ।
सार्कको समग्र कार्यसूची निर्धारण गर्ने यस बैठकमा सहभागी हुन सवै सदस्य मुुलुकका परराष्ट्रमन्त्री काठमाडौं आइसकेका छन् ।
मन्त्रिपरिषद् बैठकको प्रारम्भमा तस्बिर, तथ्याङ्क र रेखाचित्रयुक्त गरिबी निवारण तथा सार्क विकास लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्याभ्यास प्रतिवेदन, पोषणका लागि दक्षिण एसिया क्षेत्रीय कार्यसंरचना, सरसफाइसम्बन्धी दक्षिण एसिया कार्यसंरचना र दक्षिण एसियाली आर्थिक संघका लागि भावी कदम शीर्षकका प्रतिवेदन सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
