मोदीले नेपाली सेनालाई हेलिकोप्टर हस्तान्तरण गर्ने

Share:

काठमाडौँ, ९ मङ्सिर ।
भारत सरकारले नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर प्रदान गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नेछन् । दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउन लागेको हो ।
कुल १४ सिट क्षमताको हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा समेत सहजै रूपमा उडान भर्न सक्ने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए । भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि मित्रवत् सम्बन्ध रहँदै आएको छ ।
नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एक अर्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: