बागलुङमा यात्रुबाहक जीप दुर्घटना, १४ जनाको मृत्यु

Share:

बागलुङ – बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ घाइते भएका छन् ।

गुल्मीबाट यात्रु बोकेर हिँडेको ग १ ज ५२१९ जिप बागलुङको बागलबडीगाढ गाउँपालिका –७ गोकर्णमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले जानकारी दिए ।

मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता कार्की, भुमी कार्की, मुना कार्की, झवी कार्की, सुचना कार्की, अनुसा कार्की, महेन्द्र कार्की, मिना बस्नेत रहेका छन्।

त्यस्तै नवलपरासी वर्दघाटकी मुमा कार्की, बाग्लुङ बडिगाडकी लक्ष्मी केसी, कञ्चनपुरका धनबहादुर कार्कीको सनाखत भएको छ।

गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँमा लगिएको छ। घाइते तीन जनालाई आर्मीको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिए। उनीहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: