लैगिंक हिंसा विरुद्धका १६ दिने अभियान शुरु

Share:

himsa1-600x430

मंसीर ९, कास्की । घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गरौ भन्ने नाराका साथ आज देखि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा शुरु भएको छ ।  यसै सन्र्भमा पोखराका विभिन्न अधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुले सेतो रिवनको वितरणगरी जिल्ला स्तरीय व्यापक ¥याली निकालेर अभियानको शुरुवात गरेका छन् ।

पोखराको मानव अधिकार चोकबाट शुरु भएको ¥यालीको पृथ्वीचोकमा गएर समापन समारोह भएको थियो । समापन समारोहमा महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जि.सीले महिला माथि बढ्दो हिंसा र अपराधले स्वतन्त्र रुपमा नागरीक भएर बाँच्न पाउने अधिकार हनन् भएको भन्दै । यसका विरुद्ध महिला पुरुष एकजुट हुनुपर्ने भन्दै लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अगुवाई महिलाले होइन पुरुष गर्नु पर्ने बताइन् ।

त्यसैगरी क्षेत्रिय प्रशासक दिनेश थपलीयाले हरेक महिला विरुद्धको हिंसा न्यूनिकरणकोलागि घर घरबाट जागरण थालिनुपर्ने बताए । उनले पिडितलाई न्यायको प्रत्याभुति हुन नसक्दा पिडित झनै पिडित हुने गरेको भन्दै । पिडितको अधिकारकालागि सबैले साथ दिनु पर्ने बताए । त्यसैगरी महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष सरला कुमारी पाण्डेले कास्कीमा बढ्दो महिला विरुद्धको हिंसाले पोखरालाईनै कलंकित गरेको भन्दै शिक्षित र सभ्य शहरको रुपमा पोखरालाई चिनाउन महिला हिंसा विरुद्धको अभियानमा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताइन् ।

उक्त सभामा पि.एन. क्याम्पस वि.एल.एल.वि. समुहका विद्यार्थिहरुले कचहरी नाटक प्रस्तुत गरेका थिए । १६ दिने अभियानको दोस्रो दिन बुधबार महिला कर्मचारी र कार्यालय प्रमुख बीच अन्तरक्रिया रहेको महिला विकास कार्यालयका सुपरभाइजर शरद गुरुङ्गले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: