
काठमाडौं । भिजिट नेपाल २०२० अर्थात् भ्रमण वर्षको गीत रचना पेस गर्न भिजिट नेपाल सचिवालयले सूचना प्रकाशन गरेको छ।
नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत(संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरेको सचिवालयले जनाएको छ ।
नेपालको बहुपक्षीय सुन्तरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्गता झन्कने गीतको शब्द रचना सहित भिजिट नेपालको सचिवालयमा पेस गर्नुपर्ने सचिवालयको भनाइ छ।
गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जनाएको छ ।
साथै छनोटमा परेका गीतले पुरस्कार समेत पाउने सचिवालयको सूचनामा छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ ।
