
पोखरा। कास्की प्रहरीले गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थीलाई पक्राउ गरेको छ। एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्केका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही विद्यार्थी पक्राउ परेको बताए। कलेज परिसरमा केही हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका विद्यार्थीलाई नाक प्रहरी चौकीमा राखेको छ।
File Photo
कमेन्ट गर्नुहोस्
