सावित्राको ह्याट्रिकसँगै एक खेल अगावै नेपाल फाइनलमा

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सलाई हराउंदै फाइनल प्रवेश गरेको छ।  बिहिबार पोखरा फुटबल मैदानमा भएको खेलमा माल्दिभ्सलाई ३-० ले हराएसँगै नेपालले एक खेल बाँकि छँदै फाइनल प्रवेश गरेको हो।नेपालले अब स्वर्ण पदकका लागि भारतको सामना गर्ने भएको छ।

नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । उनले खेलको १६ औं र २३ औं मिनेटमा गोल गरेकी थिइन् । उनले एक गोल पेनाल्टी मार्फत गरेकी हुन् । नेपालले अतिरिक्त समयको पहिलो मिनेटमा पेनाल्टी पाएको थियो ।

अब नेपालले शनिबार भारतको सामना गर्नेछ ।

सावित्राले बनाइन् कीर्तिमान

नेपाली महिला फुटबलर सावित्रा भण्डारीले नयाँ कीर्तिमान बनाएकी छन् । सावित्रा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने महिला खेलाडी बनेकी छन् ।

उनको गोल संख्या ३७ पुगेको छ । यसअघि नेपाली महिला राष्ट्रिय टिमकी पूर्व कप्तान अनु लामा र सावित्राको गोल संख्या बराबर थियो । दुवैले ३५/३५ गोल गरेका थिए । बिहिबार पोखरा फुटबल मैदानमा भएको माल्दिभ्स विरुद्धको खेलको १६ औं मिनेटमा गोल गरेसँगै उनले नयाँ कीर्तिमान बनाएकी हुन् ।

तस्बीर: साग प्रचार प्रसार समिती

कमेन्ट गर्नुहोस्
Share: