
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्। श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।
भण्डारीले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले उक्त दुरी २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा पार गरेकी थिइन्।
कमेन्ट गर्नुहोस्
