
काठमाडौं : १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल अहिले बंगलादेशको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि रनको लक्ष्य दिएको छ । बंगलादेश यू–२३ ले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।
नेपालका लागि पारसले ३ विकेट लिंदा उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिए।
पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि १४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो ।
कमेन्ट गर्नुहोस्
