आज ७१ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

Share:

काठमाडौं । आज ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले मानवअधिकार महाभेला आयोजना गरेका छन्।

सन् १९४८ डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसको रुपमा मनाइन्छ । नेपालमा सन् २००९ देखि मानवअधिकारकर्मी र यससँग सम्बन्धित संघसंस्थाले संयुक्त रूपमा मानव अधिकार राष्ट्रिय महाभेला गर्न थालेका हुन्।

यस अवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ।”

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवर्द्वन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गरेकी छन्।

कमेन्ट गर्नुहोस्
Share: