
पोखरा । द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुलालाई पोखरामा पहिलो पटक सुन्न पाइने भएको छ । पोखरा खपौदी स्थित द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड बिस्ट्रोमा उनले आजश शुक्रबार विशेष सांगीतिक प्रस्तुति राख्दै संगीतपारखीलाई झुमाउने भएका हुन् ।
हल्लनचोकबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रेष्टुरेण्टमा भुजुले साँझ ६ बजेदेखि १० बजे सम्म नै नेपाली पुराना तथा नयाँ क्लासिक गीतहरु गाउने द टुरिष्ट रोडका संचालक अर्जुन सुवेदीले जनाए । युट्युबमा चर्चित रहेका गायक भुजुले पहिलोपटक पोखरामा प्रस्तुति दिन लागेका कारण भुजु स्वयं पनि उत्साहित छन् ।
गाह्रकहरुलाई लक्षित गर्दै प्रत्येक महिना विशेष सांगीतिक कार्यक्रम राख्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको सुवेदीले बताए । रेस्टुरेन्टमा पाइने परिकारको स्वाद चाख्दै संगीतको तालमा रमाउने अवसर मिल्नेछ । मेनुमा उल्लेखित परिकार तथा पद्धार्थहरुमा सेवा शुल्क लगायत कुनैपनि अन्य शुल्क नजोडिने सञ्चालक सुवेदीले बताए । शुक्रबार बार्बे क्यु सहितको क्याम्प फायरको समेत व्यवस्थापन गरिएको सुवेदीले बताए ।
‘जाडोको समय पनि छ । ग्राहक तथा दर्शकहरुलाई थप रमाइलो बनाउने उद्धेश्यले लाइभ बार्बे क्युसहितको क्याम्प फायर गर्नेछौं’उनले भने । २ सय जना अट्ने क्षमता रहेको टुरिष्ट रोडमा दर्शकहरु निःशुल्क प्रवेश गर्न पाउनेछन् ।

