
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । २० जना यात्रु घाइते भएका छन् ।
मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनुु तामाङको मात्र सनाखत भएको छ । घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई खाडीचौर, धुलिखेललगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्दार गरिरहेका छन् । बसमा कुल ३२ जना सबार रहेको प्रहरीले जनाएको छ । बस क्षतविक्षत अवस्थामा छ ।
कमेन्ट गर्नुहोस्
