बढ्यो सुनको मूल्य, कति छ त आज ?

Share:

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: