बढ्यो सुनको मूल्य, कति छ आज ?

Share:

काठमाडौँ–सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेर ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: