जनकपुरमा शंकास्पद वस्तु फेला

Share:

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपािलका–४ शुक्रबारे बजार नजिकै सडकमा शंकास्पद वस्तु फेला परेको छ। बिहानै बीच सडकमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् ।

घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ ।
सडकबीचमा रहेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा खतराको संकेत रातो झण्डा राखिएको छ। उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रयास गरिरहेको छ ।

यस अघि धनुषाको महेन्द्रनगरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद वस्तु भेटिन थालेको छ।

कमेन्ट गर्नुहोस्
Share: