तस्बिरमा हेर्नुहोस् धनगढी र पोखरा बीचको खेल

Share:

पोखरा । घरेलु टोली पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) बाट बाहिरिएको छ । पोखरा क्रिकेट मैदानमा सोमबार भएको खेलमा धनगढी ब्लुजसँग ५ विकेटको हाल व्यहोर्दै पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

साविकको विजेता रहेको पोखराले दिएको ८० रनको विजयी लक्ष्य पछ्याएको धनगढीले ९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ७९ रन बनाएको थियो ।

पाँचौं स्थानको धनगढीको प्ले अफ सम्भावना भने कायम छ । धनगढीले मंगलबार हुने चितवन र काठमाडौंबीचको खेलको नतिजा महत्तवपूर्ण छ । मंगलबार काठमाडौं गोल्डेन्स फराकिलो अन्तरले पराजित भए धनगढीको प्लेअफ सम्भावना जीवीत रहन्छ । धनगढीलाइ त्यतिले मात्र पुग्दैन । यसबाहेक बुधबारको खेलमा विराटनगर बुटवलसँग पराजित हुनुपर्छ ।

प्रतियोगितामा पोखरा र धनगढीबाहेक अन्य टोलीले ४/४ खेल खेलेका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको चितवन राइनोज भने फाइनल प्रवेश गरिसकेको छ । ४ खेल खेल्दा सबै खेल जितेको चितवनको ८ अंक छ । बुटवलले ३ खेलमा जित र एक खेलमा पराजय व्यहोर्दै ६ अंक जोडेको छ । काठमाडौं गोल्डेन्सले २ खेल जितेर ४ अंक बनाएको छ । विराटनगरको २ अंक बनेको छ ।

तस्बिरमा हेर्नुहोस् आजको खेल ::

 तस्बिर-आयोजक

कमेन्ट गर्नुहोस्
Share: