ऋणमा डुबेका गायक रामकृष्ण ढकालको डिभोर्स, छोरी निलमसँग रहने

Share:

लोकप्रिय गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो । उनीहरुका एक छोरी रानी ढकाल छन् ।

ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ । जिल्ला अदालत काठमाडौंले सम्बन्ध बिच्छेदको पुष्टि गरेको छ । शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्। तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको छ । श्रीमतीले अंश नलिने, छोरी आमाको जिम्मामा रहने र बाबुलाई बेलाबेलामा भेटन दिने शर्तमा सम्बन्ध विच्छेद भएको हो।

रामकृष्ण र निलमबीच झण्डै डेढ दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो ।

पछिल्लो समय ऋणमा डुबेका गायक ढकाल

ढकाल दम्पत्तिले २०६६ सालमा भैसेपाटीमा घर किन्न लालिगुराँस सहकारीबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण पत्नी निलम शाहको नाममा लिईएको थियो । चार महिनाको लागि मात्रै भनेर लिईएको ऋण वर्षौसम्म नतिर्दा सहकारीले घर नै लिलामी गरेको थियो । तर, ऋणको सावा र ब्याज जोड्दा घर लिलाम गर्दापनि ऋण पूर्ण रुपमा चुक्ता नभएको सहकारीले दाबी गर्दै आएको थियो । जुन विषय अदालतमा समेत पुगेको थियो ।

२०७० सालमा अदालतबाट ढकाल दम्पत्तिले अदालतबाट सफाइ पाएका थिए । तर सहकारीले एकाएक पत्रिमा सूचना निकालेर २ करोड ३० लाख ९७ हजार ७६१ रुपैयाँ तिर्न बाँकी रहेको जनाएको थियो । यस्तै ढकाल पत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ पनि तिर्न सहकारीको जारी गरेको सूचनामा उल्लेख गरिएको थियो । सुचना जारी भएपछि गायक ढकालले भने सहकारीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै त्यसबारे पत्रकार सम्मेलन गर्दै प्रष्ट पारेका हुन् ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । लिलामीपछि बाँकी रहेको रकमको ब्याज बढ्दै अहिले ढकाल दम्पतिको नाममा करिब पाँच करोड ऋण हुन आएको सहकारीले दाबी गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: