क्रिकेटको बलले लागेर अम्पाएरको मृत्यु

Share:

काठमाडौं, मंसिर १४ / क्रिकेटको बलले लागेर एक अम्पाएरको मृत्यु भएको छ। खेलाडीको मृत्यु भएको एक हप्ता नबित्दै बललेनै लागेर इजरायलमा ५५ वर्षका अम्पाएर हिलेल ओस्कारको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

umpire

इजरायलको स्थानीय क्रिकेट खेलमा बलले लागेर गम्भीर घाइते भएका हिलेलको उपचारको क्रममा शनिबार निधन भएको हो।

तिब्र गतिमा आएको बल स्टम्पमा लागेर हिलेललाई लागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा भनिएको छ। हिलेल इजरायलको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत हुन्।

बलले लागेर हिलेलको निधन भएको भनिएपनि उनको निधन बारेमा फरकफरक खबरहरु सार्वजनिक भएका छन्। केहीले हिलेलको अनुहारमा बलले लगेको बताएका छन् भने केहीले छातिमा लागेको र त्यसपछि उनलाई हृदयघात भएको भनेका छन्।

यसअघि गत मंगलबार अस्ट्रेलियाको सिड्नीमा भएको घरेलु क्रिकेटमा क्रिकेटर फिलिप ह्यूजको बलले लागेर उपचारकै क्रमममा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: