
पाेखरा । अहिले देशभर चिसो बढेको छ। अझै केही दिन चिसो नघट्ने मौसमविद्ले बताएका छन् ।
पुर्व, मध्य र पश्चिम तराईका अधिकाशं स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु र कुहिरोका कारण जनजिवन कष्टकर बनेको छ।
केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिएका छन् ।
पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
