पोखराको हिमागृहलाई रिसोर्ट चलाउन भाडामा दिने तयारी

Share:

पोखरा । नेपाल ट्रस्टले पोखराको हिमागृह र चितवनको दियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको छ। गोकर्ण रिसोर्टको लिज सम्झौताबारे विवाद भइरहेको बेला शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रष्टले भाडामा हिमागृह लगायतका ठाउँलाई पनि रिसोर्ट चलाउन भाडामा दिने निर्णय गरेको जानकारी दिएको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउामा रिसोर्टका लागि लिजमा दिन लागिएको बताए । उनकाअनुसार कमलादीको २ रोपनी ४ आना, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको ट्रष्टले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: