
पोखरा । पोखरामा एक वृद्ध मृत फेला परेका छन् । धनुषाको गोदार नगरपालिका–२ जनकपुर घर भएका रामकाजी मानन्धर मृत भेटिएका हुन् ।
उनी पोखरा–८ न्यूरोड बस्दै ६३ वर्षीया मानन्धर शुक्रबार शौचालयमा मृत भेटिएका हुन् । शौचालयमा रगत बान्ता गरेको अवस्थामा उनी मृत फेला परेको कास्की प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
