
पोखरा । तेश्रो संस्करणको लिटल फेरी पोखरा २०१९ ट्यालेन्ट कन्टेस्टको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार सम्पन्न भएको छ । एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा भैरहेको प्रतिायोगितामा पोखराका विभिन्न १६ विद्यालयका २५ जनाले ट्यालेन्ट राउण्ड कार्यक्रममा नृत्य, गायन, चित्रकला, बत्तृत्वकला लगायतका प्रतिभा प्रस्फुटन गरेका थिए ।
ट्यालेन्ट राउन्डको निर्णायकहरुमा नृत्य निर्देशक तथा मिस मगर नेपाल २०१९ की विजेता सनम गर्बुजा मगर, अबाकस मेन्टल म्याटका निर्देशक तथा मोटिभेशनल ट्रेनर उपेन्द्र अधिकारी र मित्रश्री पाठशाला, काठमाडौंका जीवन सुनुवार रहेका थिए । करिब दुई हप्ता अगाडी देखि दिइदै आएको उक्त प्रशिक्षणमा बालिकाहरूको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनको साथै बाल बालिकाहरूमा निहित प्रतिभालाई प्रोत्साहित गरी प्रस्फुटन गराउनको निमित्त कार्यक्रमको निरन्तरता दिदै आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले जानकारी दिए ।
ईनिशा दुरा मगर, ज्योति सापकोटा, सोनु खत्री, रजिना सुबेदी र राहुल सापकोटाको सयुक्त कोरियोग्राफीमा प्रशिक्षकहरु उपेन्द्र अधिकारी, जीबन सुनुवार, सनम गर्बुजा, कोरियोग्राफर एवं संञ्चारकर्मी सुरज थापालगायतले संयुक्त रुपमा प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणको क्रममा प्रतिस्प्रर्धीहरुले बोल्ने कला, स्टेज प्रस्तुती, प्रश्न व्त्तर विधि, अनुशासन, सामुहिक नृत्य, आर्ट एण्ड क्राफ्ट, चित्रकला, क्याट वाक आदी सिक्दै गरेको कोरियोग्राफर ज्योति सापकोटाले जानकारी गराए ।
प्रतियोगिताको प्रशिक्षण अवधिभरमा फोटो सेशन, शैक्षिक अवलोकन भ्रमण, रमाइलो क्याम्प, सेल्फ ट्यालेन्ट राउण्ड हुँदै आगामी माघको ४ गते अन्तिम प्रतिस्पर्धा भाटभटेनी सुपर स्टोरको चौथो तल्लामा रहेको पेपे पिज्जाको सभा हलमा सांगितिक कार्यक्रमको साथमा हुने कार्यक्रम संयोजक तथा निर्देशक ईनिशा दुरा मगरले बताए ।
