

पोखरा। कास्की प्रहरीले सुत्दा झ्याल ढोका लगाएर हिटर र कोइला बालेर नसुत्न आग्रह गरेको छ । यस्तो गर्दा अक्सिजनको कमी भएर विभिन्न अप्रिय घटना घटिरहेको भन्दै प्रहरीले सार्वजनिक सुचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो ।
प्रहरीले मानिसको यस्ता गल्तीले ज्याननै गैरहेको बेला त्यसबाट शिक्षा लिएर त्यस्ता सुरक्षित रहन आग्रह समेत गरेको छ। पछिल्लो समय जाडो बढेसंगै जाडो छल्नका लागि व्रिकेट, ग्यास, हिटर, मकललगायतका सामाग्रीहरुको प्रयोग गर्ने गरिएको छ ।
अझ झ्यालढोका थुनेर हिटर होस् वा कोइला बालेर ताप्दा नराम्रो नतिजा पनि झेल्नुपर्ने हुनसक्छ । यसले अक्सिजन घटाएर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअकसाइड ताथ धुवाँबाट निस्कने थुप्रै हानिकारिक तथा विषालु किटाणुहरु जम्मा हुन पुग्छन् ।
त्यसैले अक्सिजन कमी हुने हुन्छ र ती हानिकारक ग्यास श्वास फेरेर लिँदा फोक्सोमा अनि रगतमा जम्मा भएर मष्तिष्कसम्म पुग्छ। मष्तिष्कमा पुगेपछि काम नगर्ने बनाइदिन्छ त्यसैले गर्दा मानिस बेहोस् हुने हो र लामो समय उद्धार नगरे मृत्यु हुनपुग्दछ ।


