मेघा सहकारी लुटपाटका मुख्य योजनाकार सात महिनापछि पक्राउ ,लुटेरा सबै पूर्ब माओबादी लडाकु रहेको खुलासा

Share:

गोकुल बानियाँ, पोखरा १५ मंसिर । पोखराको मेघा बचत तथा ऋण सहकारीबाट सात महिनाअघि गोली प्रहार गरी रकम लुटेर फरार भएका मध्य मुख्य अभियुक्त पक्राउ परेका छन् । घटनामा संलग्न ५ जना मध्य पक्राउ परेका मुख्य योजनाकारलाई सोमवार सार्बजनिक गरिएको छ ।

प्रहरीका अनुसार लुटपाटमा संलग्न सबै पूर्ब माओबादी लडाकु हुन् । रौतहटको चन्द्रनिगाहापुर –१ कप्तान टोल घर भई पोखरा उपमहानगरपालिका – ८ न्यूरोडमा फर्निचर पसल सञ्चालन गरी बसेका ३३ बर्षिय शुसिल कुमार दुलालको योजनामा लुटपाट भएको प्रहरी उपरिक्ष बसन्त कुमार लामाले जानकारी दिए । बिशेष सुृराकीको आधारमा प्रहरी निरिक्षक देबि प्रसाद पौडेल नेतृत्वमा खटिएको प्रहरी टोलीले पोखराको लेकसाईडबाट आईतवार पक्राउ गर्न सफल भएको हो ।

IMG_3569 copy

घटनामा दुलाल सहित पूर्ब माओबादी लडाकुहरु रोल्पा घोडागाउ–१ का ३५ बर्षिय बिकल्प भन्ने बिजय केसी, रुकुम घर भई दाङ बस्ने ३५ बर्षिय बसन्त गिरी, सिन्धुली पिपलमाणी – १ का ३१ बर्षिय नारायण राई र सल्यानका ३५ बर्षिय उज्वल रोकाय क्षेत्री संलग्न रहेको र राई नेपाल एसबिआई बैंक चन्द्रनिगाहापुर लुटपाट घटनामा संलग्न भई हाल रौतहट प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरिक्षक लामाले बताए ।

गत बैंशाख १५ गते पोखराको न्यूरोडमा रहेको मेघा बचत तथा ऋण सहकारीबाट रकम लिएर निस्कदै गर्दा यति बिकास बैंकमा कार्यरत भगवान बरालमाथि गोली प्रहरी गरी उनिहरुले ३१ लाख ४२ हजार रुपैया लुटपाट गरेका थिए । घटनास्थलबाट तत्काल भाग्न सफल भएपनि सात महिनापछि मुख्य योजनाकारलाईनै पक्राउ गर्न प्रहरी सफल भएको हो ।
घटनास्थलबाट तत्काल ९ एम एम को पेस्तोलमा लाग्ने गोलीको दुई ओटा खोका बरामद गरेको प्रहरीले अहिले पक्राउ परेका दुलालको साथबाट ९ एमएमको मेड ईन जर्मनी लेखिएको पेस्तोल, म्यागजिन एक थान र सो पेस्तोलामा लाग्ने गोली ३ थान बरामद गरेको छ । साथै नगद ४ लाख ४१ हजार ५ सय, बिभिन्न कम्पनीका ६ थान मोवाईल, एभरेष्ट, राष्ट्रिय बाणिज्य र नेपाल एसबिआई बैंकको एटिएम एक÷एक थान बरामद गरेको छ । यसैगरी एसबिआई बैंकको रकम नखुलाईएको दस्तखत गरिएको चेक ३ थान, राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय महेन्द्रपुलको उनको नाममा साउन २० गते जारी भएको ७ लाख रुपैयाको चेक, लु २० प ६२७५ नम्बरको स्कुटर र १७ हजार भन्दा बढीको औठी एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

IMG_3549 copy

घटनामा संलग्न मुख्य अभियुक्त र अर्का एक जना पनि पक्राउ परिसकेकाले अन्य तीन जनाईपनि पनि छिट्टै पक्राउ गरिने प्रहरीले दाबि गरेको छ । पक्राउ परेका दुलालमाथि डाका चोरी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजना र संगठिक अपराध अन्तर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ । डाका चोरी अन्तर्गत बिगोको डेढी बढाई जरिवाना र १२ बर्ष सम्म कैद, ज्यान मार्ने उद्योगमा ५ देखि १२ बर्ष सम्म कैद, हातहतियार अन्तर्गत ७ बर्ष कैद वा ५० हजार जरिवाना तथा संगठित अपराध अन्तर्गत ६ महिना देखि ३ बर्ष सम्म कैद तथा ५ देखि १५ हजार सम्म जरिवाना हुने प्रहरी उपरिक्षक लामाले बताए ।

बिभिन्न अपराध अन्तर्गत हदै सम्मको कारवाहीको माग सहित मुद्धा दायर हुने भएकाले अपराधिले कुनै हालतमा छुटकारा नपाउने उनले बताएका छन् । कुनै पनि दवाबमा अपराधिलाई नछाड्ने उनलेृ प्रतिबद्धता जनाएका छन् । अभियुक्त सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित घाईते बरालका बुवा आमा तथा आफन्तहरुले पक्राउ परेकालाई कुनै हालतमा नछोड्न र हदै सम्मको कारबाहीको माग गरेका छन् । ढिलै भएपनि घटनामा संलग्न अभियुक्त प्रक्रन सफल भएको भन्दै उनिहरुले प्रहरीलाई धन्यबाद समेत दिए ।

IMG_3570 copy

सिटी डेभलपमेण्ट बैंकका प्रमुख कार्याकारी अधिकृत बिश्व मोहन अधिकारीले अपराधमा संलग्नहरु ढिलै भएपनि कानुनी कारबाहीमा आउछन् भन्ने उदाहरणको रुपमा यो घटना रहेको बताए । घटनामा घाईते भएका बराल ७ महिनाको उपचारपछि एक साता अघि मात्रै घर फर्किएका थिए ।

को हुन् शुसिल कुमार दुलाल ?

घटनाका मुख्य अभियुक्त भनिएका शुसिल कुमार दुलाल दन्द्धको समयमा भुमिगत भई लडाकुको मेडिकल टिममा काम गरेका थिए । रौतहट जिल्लाको अखिल क्रान्तिकारी विद्यार्थी संगठनको पूर्व अध्यक्ष समेत रहेका उनि चन्द्रनिगाहपुरबाट २०६३ सालमा पोखरा आएर न्युरोडमा रहेको ईन्टेरियर डिजाईनमा काम गरेका थिए । त्यसपछि २०६५ सालमा पुनस् चन्द्रनिगाहपुर फर्की विवाह पश्चात हेटौंडामा गई मोवाईल पसल संञ्चालन गरे ।

फेरि २०६७ साल देखी पोखरा आएर न्यूरोडमा सान फर्निचर सोरुम संञ्चालन गरेर बसेका थिए । शुसिल कुमार दुलालको माओवादी पूर्व लडाकु बिकल्प भन्ने बिजय के।सी। संग बेला(बेलामा भेटघाट र फोन सम्पर्क हुने गथ्र्यो । त्यसै क्रममा २०७० सालको मंसिरमा बिकल्प भन्ने बिजय के।सी।संग उक्त फर्निचर पसलमा पार्टनरसिपमा काम गरौं भनी संयुक्त रुपमा व्यवसाय संचालन गरेका थिए ।

यसरी बन्यो योजना

२०७० सालको फाल्गुण महिनामा सुशिल कुमार दुलाल र विकल्प भन्ने विजय के।सी।मिलेर पोखरामा बैक लुट्ने योजना बनाए । २०७० साल चैत्र महिनामा बसन्त गिरीलाई बिकल्पले काठमाण्डौबाट दुलाललाई भेट्न पठाए । दुलालले वसन्तलाई १५्२० दिन पोखरा उपमहानगरपालिका पछाडि रहेको आफ्नो कोठामै राखे । त्यसपछि योजना मुताबिक बिभिन्न बैंकहरुमा संयुक्तरुपमा रेक्की गरे । दुलालको आग्रहमा बिकल्पले नारायण राई र उज्वल रोकायलाई हतियार सहित पोखरा पठाए र सबैलाई दुलालले आफ्नै कोठामा राखे अनि बैक लुटपाट गर्ने सम्पुर्ण तयारी गरी विकल्पलाई खबर गरे । २०७० साल चैत्र महिनामा बिकल्प काठमाण्डौ देखी पोखरा आई सम्पुर्ण योजना बनाई उक्त काम गर्ने निर्णय गरी फर्किए ।
बैंकहरुको रेक्की पश्चात कूमारी बैंकमा लुट्ने योजना गरे तर कूमारी बैंक भन्दा मेघा बचत तथा ऋण सहकारी संस्थामा भाग्न उम्कन सजिलो हुने भएकोले ठाँउ परिवर्तन गरे । लुट्ने ठाउँ निश्चत भएपछि पटक-पटक अभ्यास गरी पछाडीको सानो प्वालबाट भित्र बाहिर गरे । अनि अन्तिममा २०७१ वैशाख १५ गते आक्रमण गरी रकम लुटेर भागे । २०७१ बैशाखको सुरुबाटै पटक-पटक डांका गर्न खोजे पनि अनुकुल ठाउ पाएका थिएनन् । तर समय अनुकुल पारेर बैशाख १५ गते मात्रै योजना सफल बनाए । लुटपाटको क्रममा बसन्त गिरी, नारायण राई र उज्वल आर सी ले मेगा सहकारीबाट रकम लिई ओर्लिरहेका यती डेभलपमैण्ट बैंकका सुरक्षा गार्ड गोबिन्द थापालाई नियन्त्रणमा लिई नगद सहितको झोला खोस्ने प्रयास गरे । तर संगै रहेका बैंकका कर्मचारी भगवान बरालले प्रतिकार गर्न खोज्दा हतियारधारी बसन्त गिरीले भगवान बराललाई टाउकोमा गोली प्रहार गरे र रकम लिएर फरार भए ।

10441052_10201980058742279_4336187876213757_n copy

त्यतिबेला शुसिल दुलाल र बिकल्प भन्ने विजय के।सी।घटनास्थल बाहिर बसेर निगरानी गरिरहेका थिए । भित्र रहेका तीन जनाले रकम लुटिसकेपछि पाचै जना पछाडिको प्वालको बाटो भई भागे । सहकारी लुटी सके पश्चात नारायण राई र बसन्त गिरी दुई जना राईले नयांबजारमा राखेको मोटरसाईकलमा चढेर गए । दुलाल , विकल्प र उज्वल ट्याक्सी लिई रानीपौवा हुदै शितलादेवी स्थित नारायण राईको आफन्त बस्ने कोठामा भेट भए । सोही दिन उज्जल रोकाय केही पैसा लिई घर तर्फ गए । गिरी, राई र विकल्प सोही स्थानमा बसे र दुलाल आफ्नै कोठामा फर्के ।

भोलिपल्ट बिहानै दुलालले राई र गिरी र विकल्पलाई पुनस् शितलदेवीमा भेटे उनिहरु संग रहेको नगद मध्ये केही रकम नारायण राईलाई दिए र सोही दिन राई आफ्नै घरतर्फ लागे । गिरी , दुलाल र विकल्पले बाँकी रहेको रकम २६ लाख ४२ हजार र हतियार लिई ट्याक्सीमा चढी दुलालको कोठामा आए अनि गिरी र विकल्प हतियार र केही पैसा लिई पोखराबाट फर्किए । त्यसपछि पटक पटक गरी दुलालले विकल्पलाई नगद ५ लाख र सात लाख गिरीको श्रीमतिलाई बैंक मार्फत पठाए । बाँकी रकम आफुले राखी केही दिन पश्चात काठमाण्डौमा गई विकल्पलाई भेटी केही रकम दिए ।

यही समुहले गत मंसिर ३ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित एस बि। आई बैंकमा सोही हतियारको प्रयोग गरी लुटपाट गरे । उक्त घटना पश्चात निज शुसिल दुलाल घटनामा प्रयोग भएको हतियार लिएर पोखरा आए । प्रहरीले सुराकी पायो र लेकसाईडमा रहेको एउटा होटलबाट पक्राउ गर्न सफल भयो ।

कमेन्ट गर्नुहोस्
Share: