
तनहुँ । तनहुँ व्यास नगरपालिका–१ गल्बुवेशीमा ट्रयाक्टर चालक मृत भेटिएका छन्। क्षत्री समाजको भवन नजिकै म्याग्दे गाउँपालिका–१ गुणादीका करिब ३० वर्षीय ट्याक्टर चलाक सुशील परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
परियार छाब्दी बाराही कन्स्ट्रक्सन प्रालिको ग १ त २३८२ नम्बरको ट्रयाक्टर चालक हुन्। परियारलाई सोही कम्पनीको अर्कोे ना ६ त ६८७२ नम्बरको ट्रयाक्टरले किचेको किचेको प्रारम्भिक नुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ ।
उक्त ट्रयाक्टर रगताम्मे अवस्थामा बसपार्कमा भेटिएको थियो। ट्रयाक्टरका चालक फरार छन्। ट्युशन पढ्न जाँदै गरेका विद्यार्थीहरुले देखेपछि प्रहरीमा खबर गरिएको थियो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
