नेकपाले राष्ट्रियसभाका लागि उम्मेदवारको टुंगो लगायो, गण्डकीमा को उम्मेदवार ?

Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए । त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।

यस्ता छन् उम्मेदवार :

प्रदेश १- इन्दु गौतम (महिला), गोपी अछामी (दलितबाट) र देवेन्द्र दाहाल (अन्यबाट)

प्रदेश २ – तुलसा दाहाल(महिला), दलितबाट राधेश्याम पासवान ।

प्रदेश ३ – महिलामा गंगा बेलबासे, अन्यबाट बेदुराम भुसाल।

गण्डकी प्रदेश- नारायणकाजी श्रेष्ठ (अन्यबाट) र भगवती न्यौपाने (महिलाबाट) ।

प्रदेश ५ -महिलामा विमला घिमिरे, अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई  ।

कर्णाली प्रदेश- अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी।

सुदूरपश्चिम प्रदेश- अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्ट  ।

कमेन्ट गर्नुहोस्
Share: