सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी

Share:

कपिलवस्तु– नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।कपिलबस्तु क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो ।

कांग्रेस सांसद शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यानमार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ कलाकार मिश्रले शाहले आफूलाई घरमा बोलाएर नशालु पदार्थ सुँघाइ बेहोस बनाएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

शाहविरुद्ध उजुरी जारी गरेपछि प्रहरीले शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुसँग अनुमति मागेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: