कांग्रेस असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज

Share:

काठमाडौँ । नेपाली कांग्रेसका असन्तुष्ट पक्षले आज(सोमबार) जिल्ला सभापतिहरुको भेला बोलाएका छन् । आज दिउँसो पार्टी कार्यालय सानेपामा पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइरालाले पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न भन्दै ७७ जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रीय कार्यालय बोलाएका छन् । भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौँ पुगिसकेका छन् । भेलामा पौडेल पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरुलाई समेत आमन्त्रण गरिएको छ । सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकोले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी रणनीति बनाउने पौडेल समूहको तयारी छ ।

पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने विषयमा कुरा नमिल्दा पार्टीभित्र असमझदारी बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच कांग्रेस केन्द्रीय समितिले महाधिवेशनका मिति तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि दुवै समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक जुट भएर लाग्ने निष्कर्षमा पुगेका हुन् ।

कांग्रेसले १४औँ महाविधेशन अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४१ र्पुयाउने, तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय लिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: