तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालकको मृत्यु

Share:

तनहुँ । चतुवाको आक्रमणबाट तनहुँमा फेरि एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिक रहेको मामा घरबाट फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: